मनहरी १५,पौष।मकवानपुरकाे मनहरी गाउँपालिका ५ स्थित वसन्तपुरमा बाघले आतंक मच्चाएकाे छ । आइतबार साँझ बारीमा घाँस काटिरहेकी महिलालाई मारेकाे बाघले साेमबार बिहान साेही ठाउँमा ७ वटा बाख्रा मारेकाे छ ।
साेमबार बिहान ५ बजेकाे समयमा वसन्तपुरस्थित सुर्य बहादुर मोक्तानको घर नजिकै रहेको बाख्राको खोरमा छिरेर बाघले ७ वटा बाख्रा मारी खाेर रित्याएकाे हाे । ७ वटा बाख्रामध्ये एउटा बाख्रा बाघले लगेकाे बताइएकाे छ ।
साेही बाघले आइतबार साँझ बाघले ७२ बर्षीया कान्छीमाया रुम्बालाई आक्रमण गरि मारेकाे थियाे । घाँस काट्न गएको लामो समयसम्म पनि नफर्केपछि खोज्ने क्रममा गएका युवाहरुले कान्छीमायाकाे शव भेटिएकाे थियाे ।
नरभक्षी बाघलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सेनाकाे टाेली परिचालन गरिए पनि बाघ कता लुकेर बसेकाे छ भन्ने पहिचान भएकाे छैन ।
नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक दिलिप पासवानको कमाण्डमा टोली खटिएकाे छ भने पर्सा बन्यजन्तु आरक्षबाट २ वटा हात्ती र नेपाली सेनाका मेजर ढलक बहादुर मोक्तानकाे कमाण्डमा सेनाका साथ चितवन राष्ट्रिय निकुञ्जबाट समेत टोली खटिआएकाे छ ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |