काठमाडौं । ओम चावहिल डेन्टल हस्पिटलले यही पुस २६ गते शनिबार काठमाडौँको टोखा वडा नम्बर २ स्थित मारिया मोन्टेश्वरी विद्यालयमा निशुल्क दन्त परीक्षण शिविर आयोजना गर्ने भएको छ। शिविर बिहान ११ बजे सुरु भई अपराह्न ३ बजेसम्म विद्यालय परिसरमा सञ्चालन हुनेछ।
ओम चावहिल डेन्टलका सञ्चालक कृष्णप्रसाद घिमिरेका अनुसार, उक्त शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारी गरी करिब ५०० जना सहभागी हुने अपेक्षा गरिएको छ। शिविरले विद्यार्थीहरूमा दाँतसम्बन्धी समस्या पहिचान गरी समयमा नै उपचार तथा परामर्श प्रदान गर्ने उद्देश्य राखेको छ।
दन्त परीक्षण शिविरमा दाँत सफा गर्ने, दाँत निकाल्ने, औषधि वितरण गर्ने, तथा दन्त उपचारसम्बन्धी परामर्श दिने व्यवस्था गरिएको छ। शिविरमा सहभागी बिरामीहरूलाई भविष्यमा ओम चावहिल डेन्टल हस्पिटलमा उपचार गराउँदा सम्पूर्ण सेवामा २५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ।
विद्यालयका विद्यार्थीहरूमा दन्त समस्याको सम्भावना उच्च हुने भएकाले उनीहरूको स्वास्थ्यप्रति सचेत बनाउन यो कार्यक्रम सहकार्यमा अघि बढाइएको घिमिरेले जानकारी दिए।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |