बाँके।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेजस्ता ठुला दल मिलेर सरकार बनाएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका छन् ।
अवधि पत्रकार संघ नेपालले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले ठुला दल मिलेर सरकार बनाएको धेरै दिन भएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन् ।
उनले नयाँ सरकार बनेपछि पनि आर्थिक, राजनीतिक, प्रशासनिक, विकास निर्माण लगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको बताए ।
यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफूहरूले धेरै अघि नै आन्दोलन गरेको भन्दै अव संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखेका छ्न्।
विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए । अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानुन बनाउन नसक्दा सङ्घीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा पनि राखेका हुन्।