२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद बैठकले सडक निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार २०७४ साल वैशाखमा सडक विभागले नेपाली सेनालाई कार्यभार सुम्पिएको हो । नेपाली सेनाले काम भने २०७४ वैशाख महिनाबाट शुरु गरेको थियो ।
उक्त सडक धार्चे गाउँपालिकाको लापुबेसी, माछाखोला, जगत हुँदै चुमनुब्री गाउँपालिकाको सिर्दिवास, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङ जोडिने छ ।
उक्त सडकलाई उत्तरी गोरखाको लाइफलाइनको रुपमा हेरिएको छ । तर सरकारले पर्याप्त बजेट विनियोजन नगरेको सो क्षेत्रका बासिन्दाको गुनासो छ।