धादिङ २०,पौष। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं.३ सलाङघाटमा दुई ओटा EV कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
शनिबार बिहान १० बजे काठमाडौंबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१-०२९ च १३६९ नम्बरको कार र काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४५०९ नम्बरको कार आपसमा ठोक्किँदा दुवै कारमा सवार २/२ जना घाइते भएका हुन्।
घाइतेहरूमा पोखरा जाँदै गरेको कारमा सवार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२ का २६ वर्षीय प्रज्ञान खड्का र २८ वर्षीय प्रमोद खड्का छन्।
उनीहरू चार जनालाई उपचारका लागि मलेखु स्थित टिचिङ हस्पिटल पठाइएको प्रहरीले जनाएको छ।भने काठमाडौं तर्फ आउँदै गरेको कारको ब्रेक फेल भएर दुर्घटना भएको चालकले बताएको भए पनि दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |