हिन्दु धर्म र नेपाल एकअर्काका पूरक हुन्:काँग्रेस नेता भण्डारी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष २०, शनिबार (२ दिन अघि)
  • ४१ पटक पढिएको

हिन्दु धर्म र नेपाल एकअर्काका पूरक हुन्:काँग्रेस नेता भण्डारी

काठमाडौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाललाई पुनः हिन्दू राष्ट्रको रूपमा स्थापना गर्नुपर्ने बताएका छन्।

पब्लिक सवालसँगको विशेष कुराकानीमा उनले वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र’ महाअभियानको नेतृत्व गर्दै देशव्यापी अभियान सञ्चालन गरिरहेको बताउनुभयो।

नेता भण्डारीले संविधान संशोधनमार्फत नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनर्स्थापना गर्नुपर्ने बताउँदै धर्मनिरपेक्षता नेपालजस्तो सनातन परम्परामा आधारित समाजका लागि उपयुक्त नभएको धारणा व्यक्त गरे।

उनले भने, “ हिन्दु धर्म र नेपाल एकअर्काका पूरक हुन्। हिन्दू धर्मलाई कमजोर बनाउने प्रयास स्वीकार्य छैन। संविधान निर्माणका क्रममा नागरिकको ठूलो समर्थन हिन्दू राष्ट्रको पक्षमा रहेको तथ्य स्मरण गराउँदै भण्डारीले भने, “नेपालको धार्मिक, सांस्कृतिक, र राष्ट्रिय पहिचानलाई बलियो बनाउँदै देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन वैदिक सनातन धर्म महत्वपूर्ण आधार हो।”

भण्डारीले नेतृत्व गरेको ‘सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान’ विभिन्न गतिविधिमार्फत पार्टी नेतृत्वलाई पनि दबाब दिइरहेको छ। यो अभियानले नेपाली कांग्रेसभित्र हिन्दू राष्ट्रको पुनर्स्थापनाबारे बहसलाई तीव्र बनाएको छ।

नेता भण्डारीका अनुसार सनातन वैदिक धर्म समानता र विभेदरहित छ। उनले हिन्दू धर्मको महत्त्वलाई जनतामाझ स्पष्ट पार्न र यसलाई देशको समृद्धिसँग जोड्नुपर्नेमा विशेष जोड दिए।

धर्मनिरपेक्षताको सट्टा हिन्दू राष्ट्रको पुनर्स्थापनाका लागि भण्डारीको अभियानले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ। यसले कांग्रेसभित्र मात्र नभई राष्ट्रिय तहमा पनि व्यापक बहस र विमर्शको वातावरण सिर्जना गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस