धादिङ । गजुरी गाउँपालिका-२ भुमिकाली आधारभुत विधालयमा राजमार्ग सामुदायिक अस्पताल मलेखु र लायन्स क्लब मलेखुको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर र रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
बिहिवार भएको शिविरमा भुमेकाली आ.वि.का ६० जना भन्दा बढी विद्यार्थीहरुले स्वास्थ्य परीक्षण गराउनुको साथै निःशुल्क औषधी वितरण गरिएको राजमार्ग समुदायिक अस्पतालका सूचना अधिकारी रोशन खतिवडाले हाम्रो दैनिकलाई बताउनुभयो।
बिधालयमा आएका अभिभावकहरुको समेत स्वास्थ्य परिक्षण गरि औषधि वितरण गरिएको हो। बालबालिकाको रक्त समूह विद्यालयमै शिविर आयोजना गरेर पहिचान गरिएको राजमार्ग सामुदायिक अस्पताल मलेखुका स्वास्थ्यकर्मी बिपु कुमार यादवले बताए।
स्वास्थ्य शिविर कार्यक्रममा राजमार्ग सामुदायिक अस्पताल मलेखुका प्रमुख केशव मकाजु,ल्याब टेक्निसियन रोशनी सन्जितकार,फार्मेसी प्रमेश बन्जराको समेत सहभागी रहेका थिए।
जनतालाई घरघरमै निःशुल्क स्वास्थ्य सेवा पुर्याउने उदेश्यले संयुक्त आयोजनामा यो अभियान सुरु गरिएको लायन्स क्लबका निरन्जन कडेलले बताए।
विद्यालय उमेरका बालबालिका विद्यालय आउने जाने गर्छन् तर उनीहरूको स्वास्थ्य परीक्षण नहुँदा अध्ययनमा समेत प्रभाव पर्ने भएकाले यो अभियान संचालन गरेको उनले बताए । विद्यालयमै स्वास्थ्य अवस्था जाँच गरेपछि बालबालिकाको अवस्था के कस्तो छ भनेर समयमै अभिभावकलाई सतर्क बनाउन पनि सहज हुने विश्वास लिएको राजमार्ग सामुदायिक अस्पताल मलेखुले जनाएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |