मकवानपुर २७,पौष : मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टमा स्कर्पियो र कार ठोक्किँदा तेह्र जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिवार दिउँसो १ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कर्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा आठ जना घाइते भएका हुन्।भने कार चालक हेटाैंडा-४ स्कुलराेडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठकाे मृत्यु भएकाे हाे ।
घाइतेलाई उपचारका लागि अलाइभ अस्पताल चितवन पठाइएको प्रहरीले जनाएको छ। मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ।