एकीकृत समाजवादीका वामदेव एमालेमा जाने भैइयो,केही साथी माओवादीमा जान्छन्।

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ ६, आईतबार (२ हप्ता अघि)
  • ३७ पटक पढिएको

एकीकृत समाजवादीका वामदेव एमालेमा जाने भैइयो,केही साथी माओवादीमा जान्छन्।

काठमाडौँ ६ माघ।नेता वामदेव गौतमले आफू नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसहित ठूलो समूहलाई एमालेमा प्रवेश गराउने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन्।

आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटपछि गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताएका छन्।

गौतमले प्रधानमन्त्री ओलीसँग भएको वार्तामा आफूलाई एमालेमा फर्काउने निर्णय भएको र छिटै मिति, समय, र स्थानको जानकारी आउने बताए। उनले विगतमा धेरै प्रयास गर्दा पनि प्रधानमन्त्रीले ध्यान नदिएको गुनासो गरेका हुन्।

प्रधानमन्त्री ओलीले गौतमजस्तो पुरानो नेताले फेरि सक्रिय भएर काम गर्ने अपेक्षा गरेको बताउँदै, गौतमले अब एकीकृत समाजवादीसँग भएका वार्ताहरूको औचित्य समाप्त भएको र आफू एमालेमै लाग्ने निर्णय लिएको स्पष्ट पारे।

गौतमले माधवकुमार नेपालसँग कुराकानी भएको तर एकीकृत समाजवादीबाट केही आशंका व्यक्त भएको र त्यसलाई अब छोड्ने बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस