गजुरी रुद्रेश्वर आमा समूह, गजुरी-१ को चौथो साधारण सभा सम्पन्न


गजुरी रुद्रेश्वर आमा समूह, गजुरी-१ को चौथो साधारण सभा सम्पन्न

धादिङ। गजुरी गाउँपालिका-१ स्थित गजुरी रुद्रेश्वर आमा समूहको चौथो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सीता श्रेष्ठको सभापतित्व रहेको थियो। कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल विशिष्ट अतिथि रहनुभएको थियो।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले यस गजुरी आमा समूहको भवन निर्माणका लागि बागमती प्रदेश सरकारबाट निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेलको कार्यकालमा १५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको जानकारी दिए।

साधारण सभामा पालिका भित्रका सबै आमा समूहहरूलाई पालिका स्तरीय संगठित रुपमा आवद्ध गराउन निर्देशन दिदै भवन निर्माणको लागि बजेट ब्यबस्थापन गर्न कुनै नौलो कुरा होइन तर समुहहरु एकजुट हुनु आवश्यकता हो।

सीप सिकेर प्रमाणपत्र मात्र लिने होइन उत्पादन गर्न पनि जान्नु पर्ने र उत्पादन भएका सामाग्री गजुरी गाउँपालिका सरकारले नै बिक्री बितरणको लागि बजार ब्यबस्थापन गर्ने प्रतिबद्धता समेत बारम्बार ब्यक्त गर्दै आउनु भएको छ।

गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले आमा समुहमा मनमुटाव कसैले गर्न नहुने मिलेर हातेमालो गर्दै अघि बढ्न सल्लाह सुझाव दिनुभयो।

समुहका आमा दिदिबहिनीहरुले महिला हिंसा विरुद्ध सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने,उत्पादन भएका सामग्रीहरूको बजार व्यवस्थापनमा गाउँपालिकाले प्रत्यक्ष सहयोग गर्ने,महिलाहरूको आर्थिक पहुँच वृद्धि गर्न सामूहिक लगानीमा आधारित साना व्यवसायहरू सञ्चालन गरेर अगाडि बढ्न निर्देशन दिदै स्थानीय सरकारले गर्न पर्ने सहयोग गर्न निरन्तर तयार रहेको समेत बताउनुभयो।

यस साधारण सभाले समूहको वार्षिक समीक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल गरेको थियो। साथै, महिलाहरूकै सक्रिय सहभागितामा समुदायमा हुने सामाजिक, आर्थिक तथा सशक्तिकरण गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको समुहकि सचीव मुक्तिकला लामिछानेले बताइन् ।

कार्यक्रममा गजुरी रुद्रेश्वर आमा समूहका अध्यक्ष सीता श्रेष्ठ लगायत समूहका सदस्यहरू, स्थानीय अगुवा, समाजसेवी तथा बुद्धिजीवीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस