सहकारी बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ १९, शनिबार (१२ घण्टा अघि)
  • ३४ पटक पढिएको

सहकारी बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड

काठमाडौँ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा बचतकर्ताहरूको बचत सुरक्षित हुनुपर्ने बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै नागरिकको बचत सुरक्षित गर्नुपर्ने बताएका हुन्।

उनले वास्तविक सहकारी आन्दोलनको विकास, विस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिवद्ध रहेको पनि बताउनुभयो।

सहकारी सञ्चालकहरूले आम नागरिकले दुःख गरेर जम्मा गरेको लाखौं रकम अपचलन गर्दा वचतकर्ताहरू पीडित भएको देउवाको भनाइ छ।

त्यो रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गरेको सन्दर्भमा वचतकर्ताहरुको वचतको ग्यारेन्टी हुनुपर्छ । सहकारीकै कारण सामुदायिक स्वाबलम्वीकरण, गरिबी उन्मूलन, लोकतान्त्रिक समाजवादको संस्थागत हुन्छ भन्ने कुरामा विश्वास राख्दछ,’ देउवाले भने।

यसैका लागि सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने महशुस गरेर अध्यादेश ल्याएको देउवाले बताए।

सभापति देउवाले नेपाली काँग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्‍याउन अभियानको रुपमा बिस्तार गर्न लागिपरेको बताए। (न्युज एजेन्सी नेपाल)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस