भौतिक पुर्वाधार तथा यातायात मन्त्री दाहाल द्वारा बिपि राजमार्ग निरीक्षण

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ २६, शनिबार (१ महिना अघि)
  • १०४ पटक पढिएको

भौतिक पुर्वाधार तथा यातायात मन्त्री दाहाल द्वारा बिपि राजमार्ग निरीक्षण

धुलिखेल २६ माघ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गको क्षतीग्रस्त खण्डमा तुरुन्त पुन:निर्माणको काम शुरू गर्न निर्देशन दिएका छ्न।

शनिवार सो राजमार्गको निरीक्षण गरि उहाँले उक्त कार्यका लागि  श्रोत अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो।यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसंग जोड़ने लाइफलाइन समेत भएकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरि काम अघि बढ़ाउन सड़क विभागलाई दाहालले निर्देशन दिनुभयो ।

अनुगममा रहनु भएका मन्त्रालायका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरण समेत तत्काल परिचालन ग़रेर काम शुरू गर्न आदेश दिएका छ्न्।यस्तै सड़क विभागका महानिदेशक रामहरि पोखरेलले अल्पकालिन र दीर्घकालीन तयारी सहित मर्मत र पुन:निर्माणको काम थालनी गर्नुपर्नेमा जोड दिए।

संघीय सड़क सुपरीबेक्षण तथा अनुगम कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सड़कको अवरोध हटाउने तथा तत्काल गर्नु पर्ने मर्मतको काम भई रहेको जानकारी दिनुभयो।मन्त्री दाहाल सहितको टोलीले सूर्यविनायक धुलिखेल सड़कको समेत निरीक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिएको छ ।

त्यस क्रममा आयोजना प्रमुख राजेन्द्र दाशले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भई रहेको बताउनु भयो ।टोलीले बीपी राजमार्गको धुलिखेल देखि नेपालथोक सम्मको निरीक्षण गरेको हो ।

अनुगमनमा सड़क विभागका उप महानिदेशक अर्जुन अर्याल, सड़क डीभीजन भक्तपुर तथा खालड़ेका प्रमुख तथा प्राविधिक लगायतको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस