काठमाडौंको भृकुटीमण्डपमा चैत १ गतेदेखि ४ गतेसम्म ‘ २६ औं फ्लोरा एक्स्पो २०८१ ’ हुने

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ २७, आईतबार (१ महिना अघि)
  • १४९ पटक पढिएको

काठमाडौंको भृकुटीमण्डपमा चैत १ गतेदेखि ४ गतेसम्म ‘ २६ औं फ्लोरा एक्स्पो २०८१ ’ हुने

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) ले ‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ को आयोजना गर्ने भएको छ ।

‘ स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ चैत १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो आयोजना हुने छ ।

विगतका वर्षमा झै यस वर्ष पनि फ्लोरा एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने छ ।

त्यसैगरी, उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बिरुवा, फूल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर ( गुलाब, जरबेरा, कार्नेशन, आदि ) विधामा पुरस्कृत गरिने छ ।

विजेताहरूलाई सिल्ड, नगद पुरस्कार र प्रमाण – पत्र प्रदान गरिने फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) का वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक रामबहादुर तामाङ ( सुनिल ) ले जानकारी दिए ।

यस्तै, उक्त एक्स्पो सहभागी हुने नर्सरी वा फर्मले ३ वटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी फर्महरु तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहने छ । यस्तै, स्टल बुकिङ्गको प्रक्रिया माघ २ गतेदेखि शुरु गरेको छ ।

साधारण स्टलको क्षेत्रफल २४ वर्ग मिटर र अफिसियल स्टल ९ वर्ग मिटर क्षेत्रफलको हुने छ । स्टल शुल्क फ्यानका सदस्यका लागि २५ हजार रुपैयाँ र गैर सदस्यको लागि ४० हजार रुपैयाँ तोकिएको छ । ‘ २६ औं फ्लोरा एक्स्पो ’ ले पुष्प व्यवसायलाई थप व्यावसायिक रूपमा सशक्त बनाउन र वातावरणीय सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस