दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता युवक

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ फागुन २, शुक्रबार (३ हप्ता अघि)
  • १८७ पटक पढिएको

दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता युवक

काठमाडौँ। नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर त्रिशूली नदीमा बेपत्ता भएका भारतीय सैनिकको खोजी कार्य जारी छ ।

शुक्रबार बिहान करि ११ बजेर ५५ मिनेटमा भएको दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका–१ स्थित रामपुर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

उनको शुक्रबार दिनभर गोताखोरसहितको टोलीले खोजी गरेको थियो ।अहिले ६ बजेसम्म हामीले खोजी जारी राख्यौं, तर केही भेट्टाउन सकिएन,’ इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले भनिन्, ‘भोलि बिहानबाट फेरि खोजी सुरु गर्छौं ।’

रात परेकाले खोज्न असम्भव भएपछि अहिले आफूहरू फर्किएको उनले बताइन् ।बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका राना दुर्घटनामा परेका थिए ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले खोजी गरेको थियो ।ती व्यक्ति मोटरसाइकलबाट नदीमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामपुर बस्ने उनी भारतीय सेनामा कार्यरत थिए ।घटनास्थलमा उनले बोकेको पर्स, केही कागजात, लुगा, जुत्ता भेटिएको छ ।-अनलाइन खबर
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस