जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ फागुन ७, बुधबार (३ हप्ता अघि)
  • ८९ पटक पढिएको

जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी

पूर्व राजा ज्ञानेन्द्र शाहले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको आरोप लगाएका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद् भएको टिप्पणी गरेका हुन् । राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई उनले आह्वान गरे ।

जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी छ । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी दिए । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहितमा अन्य कुरा पनि त्याग्न तयार रहेको बताए ।

जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उल्लेख गरे । प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने शाहले बताए । प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने उनले भनाइ छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस