धादिङको नीलकण्ठ नगरपालिका वडा नं.८ ससाह नजिकै थोपल खोलामा फेला परेको शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार उक्त शव नीलकण्ठ नगरपालिका वडा नं. ९ स्याउलीका ३६ वर्षीय राजकुमार गुरुङको रहेको पुष्टि भएको हो । शवको पोष्टमार्टम प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक हमालले बताए।
प्रहरीका अनुसार मृतक गुरुङको शव थोपल खोलाको बगरमा फेला परेको थियो। उनका आफन्तका अनुसार उनी सोमबार रातीबाट सम्पर्कमा थिएनन् । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।