गजुरी गाउँपालिका वडा नं. ८ का पूर्व वडाध्यक्ष राजकुमार ढुंगानाले आफ्नो ५० औं जन्मोत्सवको अवसरमा थुम्किडाँडा माध्यमिक विद्यालयका २०० जना विद्यार्थीलाई झोला वितरण गर्नुभएको छ।
आइतबार आयोजित कार्यक्रममा उहाँले विद्यालयका विद्यार्थीलाई झोला प्रदान गर्दै जन्मदिन सामाजिक कार्यमार्फत मनाउन पाउँदा विशेष खुसी लागेको बताउनुभयो।
गजुरी गाउँपालिकाको विकट क्षेत्र मानिने थुम्किडाँडा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले झोला पाएपछि हर्ष व्यक्त गरेका छन्। तामाङ समुदायको बाहुल्यता रहेको यस विद्यालयमा सहयोग गर्न पाउँदा आफूलाई प्रेरणा मिलेको ढुंगानाले बताए।
कार्यक्रममा गजुरी गाउँपालिका सरकार प्रवक्ता एवम् गजुरी-७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल,गजुरी,८ का वडा अध्यक्ष देवराज ओझा,यसै बिधालय ब्यबस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर तामाङ,प्रेस सेन्टर नेपाल बागमती प्रदेशका उपाध्यक्ष राजन अधिकारी,समाजसेवि,बुद्धिजीवी,अभिभावक,विद्यार्थीहरुको उपस्थितमा वितरण गरिएको हो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |