शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ फागुन १३, मंगलबार (१ दिन अघि)
  • ८ पटक पढिएको

Post Thumbnail

बुधबार शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि पशुपति आसपासमा सवारीसाधन जान रोक लगाइएको जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले ५ लाख दर्शनार्थीले बुधबार पशुपति दर्शन गर्ने सम्भावना रहेको बताएकाले त्यसको व्यवस्थापनका लागि ती क्षेत्रमा सवारी चलाउन रोक लगाउनु परेको घिमरेले बताए ।

पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पुरानो वानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ । यद्यपि भीड व्यवस्थापन गर्न सम्भव भएसम्म तिलगंगादेखि चावहिलसम्मको चक्रपथ क्षेत्रको आधा भागमा सवारी चल्न दिने तयारी रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

महानगरीय ट्राफिक महाशाखाका अनुसार शिवरात्रिको दिनमा ट्राफिक व्यवस्थापनका लागि सिनामंगलदेखि गौशाला हुँदै चावहिलसम्मको चक्रपथ क्षेत्र प्रभावित हुनेछ । सो क्षेत्रभित्र सवारी व्यवस्थापनको लागि सवारीसाधन प्रवेश निषेध गरिएको छ ।

ट्राफिक प्रहरीले पुरानो वानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ । त्यस्तै धोवीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै चावहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।

सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीको लागि महानगरीय प्रहरी वृत्त गौशलामा राख्ने व्यवस्था मिलाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस