गजुरी गाउँपालिकाको वडा नम्बर ७ र ८ का बासिन्दाहरुलाई गजुरी-८ मा रहेको किराञ्चोक स्वास्थ्य चौकीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न भएको छ।
किराञ्चोक स्वास्थ्य चौकीमा अब्स्टेरट्रिक फिस्टुला, आङ खस्ने,स्तन क्यान्सर, यौन रोग परीक्षण, तथा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि VIA परीक्षण शिविर सम्पन्न भएको हो।शिविरमा १४२ जना महिलाहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएको सिनियर अ.हे.ब.बलराम रम्तेलले हाम्रो दैनिकलाई बताउनुभयो।
यस शिविरले स्थानीय जनतालाई स्वास्थ्य सेवाहरूका लागि बढी जानकार र जिम्मेवार बनाउँछ। भविष्यमा अझै ठूलो संख्यामा महिला र पुरुषहरूलाई यस्ता स्वास्थ्य सेवाहरूको पहुँच पुर्याउनको लागि स्थानीय सरकार र स्वास्थ्य संस्थाहरूले अझ प्रभावकारी योजना र पहलहरू आवश्यक रहेको स्थानीयले बताउँछ।
शिविर सफल बनाउन विशेष योगदान दिने गजुरी-८ का वडा अध्यक्ष देवराज ओझा, वडा सदस्य नवराज बस्नेत, जनस्वास्थ्य कार्यालय धादिङकी PHNI देविकला रेग्मी, बिशेषज्ञ डाक्टरहरू, गजुरी गाउँपालिका स्वास्थ्य शाखाकि सिनियर अनमी संगिता कँडेल, गजुरी PHC की सि.अ.न.मी. अम्बिका कँडेल, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा जनसमुदायको उपस्थित रहेको थियो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |