बेनीघाट रोराङमा वन डढेलो नियन्त्रणका लागि तालिम कार्यक्रम सम्पन्न


बेनीघाट रोराङमा वन डढेलो नियन्त्रणका लागि तालिम कार्यक्रम सम्पन्न

धादिङ, बेनीघाट रोराङ – हरेक वर्ष सुख्खा याममा लाग्ने वन डढेलोका कारण चरा–चुरुङ्गी, वन्यजन्तु, वनस्पति तथा मानवीय सम्पत्तिमा गम्भीर क्षति हुँदै आएको छ। यस्ता घटनालाई मध्यनजर गर्दै बेनीघाट रोराङ गाउँपालिकाले वन डढेलो जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि विशेष पहल थालेको छ।

वन संरक्षणमा प्रत्यक्ष संलग्न सामुदायिक वन उपभोक्ता समिति तथा वन समूहलाई सक्रिय बनाउँदै, गाउँपालिकाले हालै वनभित्रका सुख्खा पात–पतिङ्गर संकलन तथा त्यसको प्रयोगबाट कम्पोष्ट मल उत्पादनसम्बन्धी तालिम सम्पन्न गरेको छ।

गाउँपालिकाका अनुसार, यस प्रकारको तालिमले डढेलोको सम्भावना न्यूनीकरण गर्नुका साथै जंगल सफा राख्न, वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्न र माटोको उर्वराशक्ति बढाउन मद्दत पुग्नेछ। तालिमपछि स्थानीय वन उपभोक्ता समितिहरूले तालिमलाई निरन्तरता दिँदै प्रभावकारी कार्यान्वयनको प्रतिबद्धता जनाएका छन्।

गाउँपालिका अध्यक्ष बिबेक थपलियाले वन सुरक्षामा समुदायको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण भएको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी ढंगले सञ्चालन गरिने जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस