चितवन, वैशाख ३० – वातावरण प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले भरतपुर अस्पतालले प्लास्टिकका झोलामा पूर्ण प्रतिबन्ध लगाएको छ। अस्पताल प्रशासनका अनुसार अबदेखि फार्मेसी तथा खाजाघरमा कागजका झोला प्रयोग गरिनेछ।
बिरामी भेट्न आउने आफन्त तथा सेवाग्राहीहरूलाई पनि कागज वा कपडाका झोला प्रयोग गर्न आग्रह गरिएको छ। अस्पतालले प्लास्टिक झोलाले वातावरणमा दीर्घकालीन असर पार्ने भन्दै यस्तो निर्णय लिएको हो।
अस्पताल प्रशासनले सबैलाई वातावरणमैत्री व्यवहार अपनाउन अनुरोध गर्दै आवश्यक सहयोगका लागि आभार व्यक्त गरेको छ।