गजुरीमा मोतिविन्दु छनाैट शिविर सम्पन्न, १८ जनालाई अपरेसन गर्न सिफारिस

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ चैत्र २९, शनिबार (७ घण्टा अघि)
  • ५७ पटक पढिएको

गजुरीमा मोतिविन्दु छनाैट शिविर सम्पन्न, १८ जनालाई अपरेसन गर्न सिफारिस

धादिङ।गजुरी गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा पाखुरे र डुडेठाटीमा आयोजित मोतिविन्दु छनाैट शिविर सफलतापूर्वक सम्पन्न भएका छन्।

आँखाको दृष्टि समस्याबाट पीडित नागरिकहरूलाई लक्षित गरी गरिएको शिविरमा उल्लेखनीय सहभागीता देखिएको छ।

२०८१ साल चैत्र २४ गते पाखुरे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न शिविरमा ६४ जना महिला र ३५ जना पुरुष गरी कुल ९९ जनाले सेवा लिएका थिए। सो शिविरबाट १२ जनालाई मोतिविन्दुको अपरेसनका लागि सिफारिस गरिएको छ।

त्यसैगरी, चैत्र ३० गते शनिबार डुडेठाटी आधारभूत स्वास्थ्य सेवा केन्द्र, गजुरी–२ मा सम्पन्न शिविरमा ३५ महिला र ३१ पुरुष गरी ६६ जनाले सेवा लिएका थिए। सो शिविरबाट ६ जना बिरामीलाई अपरेसन सिफारिस गरिएको छ।

शिविरको क्रममा २ नं वडाका केही दृष्टि अशक्त तथा गम्भीर आँखासम्बन्धी समस्या भएका बिरामीहरूको पनि पहिचान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

गाउँपालिकाको तर्फबाट शिविरमा सहभागी सबैलाई धन्यवाद दिएका छन्। बाकीँ रहेका खोप केन्द्र तालिका सार्वजनिक गरेको छ।भने २०८२ साल बैशाख २६ र २७ गते सम्म अपरेसन सहितको निशुल्क शिविर रहने छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस