गजुरी गाउँपालिका, २०८२ बैशाख ०२— गृहिणी महिलाहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, आत्मनिर्भरता अभिवृद्धि तथा सीपमूलक तालिमलाई प्रवर्द्धन गर्ने उद्देश्यले बागमती प्रदेश सामाजिक विकास मन्त्रालय हेटौंडा,मकवानपुर र गजुरी गाउँपालिकाको संयुक्त लगानीमा गजुरी गाउँपालिका वडा नं. ७ मा १५ दिने मौरीपालन तालिम सुरु गरिएको छ।
बद्री प्रसाद जम्कटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख अतिथि रहनुभएको थियो। तालिममा मौरीपालनका विज्ञहरूको उपस्थिति रहेको छ जसले सहभागी महिलाहरुलाई व्यावहारिक सीप, प्रविधि र व्यवसायिक ज्ञान प्रदान गर्नेछन्।
तालिमको माध्यमबाट महिलाहरूलाई स्वरोजगार मुखी बनाउँदै गाउँमै उद्यमशिलताको वातावरण सृजना गर्ने अपेक्षा गरिएको छ।