धादिङ, गजुरी गाउँपालिका वडा नम्बर ७ पेटारेमा आयोजित विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी नेताहरु नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेल, गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष बद्रीप्रसाद जम्कटेल, वडा नम्बर ८ का अध्यक्ष देवराज ओझा, र माओवादी केन्द्र गजुरी गाउँपालिका अध्यक्ष सूर्यबहादुर तामाङले माओवादी केन्द्रमा प्रवेश नेताहरुलाई खादा, माला र टीका लगाएर स्वागत गरेका हुन्।
नेपाली कांग्रेस जिल्ला समिति सदस्य धनबहादुर तामाङ, नेकपा एमालेबाट देवुलाल तामाङ (पूर्व वडा सदस्य), चन्द्र बहादुर प्राखिन (राप्रपा, पूर्व वडा अध्यक्ष), सोनाम सिङ तामाङ ( किराञ्चोक साविक ६ नम्बर पुर्व वडाध्यक्ष), रेशम बहादुर रुब्बा (एमालेबाट २०७९ मा वडासदस्य उम्मेदवार), रकमबहादुर रुन्बा, र बमबहादुर तामाङ (वडा कमिटी सदस्य) माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
उक्त प्रवेश कार्यक्रमलाई आगामी स्थानीय तथा प्रदेश राजनीतिमा महत्त्वपूर्ण संकेतको रूपमा हेरिएको छ।