आदमघाट–मनहरी सडकखण्ड १० दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध


आदमघाट–मनहरी सडकखण्ड १० दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

धादिङ – बैशाख ४, २०८१।गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित आदमघाट–मनहरी सडकखण्डको मिलनटारदेखि पीडा सम्मको खण्डमा कालोपत्रे कार्य सुरु हुने भएकोले बैशाख ५ गतेदेखि १५ गतेसम्म उक्त सडकखण्ड पूर्ण रूपमा सवारी साधनका लागि बन्द गरिने भएको छ।

वडा कार्यालयद्वारा जारी सूचनामा सो अवधिमा सबै प्रकारका सवारी साधनको आवागमन निषेध गरिने जनाइएको छ। साथै, सम्बन्धित निकाय, स्थानीय बासिन्दा तथा यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न र सडक निर्माणमा सहयोग गर्न अनुरोध गरिएको छ।

कालोपत्रे कार्य सम्पन्न भएपछिको समयमा यातायातका साधन चलाउन सहज हुने अपेक्षा गरिएको छ। अस्थायी प्रहरी पोस्ट आदमघाट र विपद् व्यवस्थापन सशस्त्र प्रहरी बेस क्याम्प आदमघाट क्षेत्रका सुरक्षा निकायहरूलाई समेत सूचित गरिएको छ।

गजुरी-६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण) तामाङ द्वारा हस्ताक्षर सूचनाको आधारमा सबै पक्षको सहयोगको अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

१ दिन अघि

(Untitled)

खोजी गर्नुहोस