पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ बैशाख ४, बिहिबार (१ दिन अघि)
  • ८१ पटक पढिएको

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा फैलाइएका मिथ्या सूचना चिर्ने रिपोर्टिङका लागि कुँवरलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा आयोजकहरू मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रतिनिधिसभा सांसद राजेन्द्र पाण्डेले कुँवरलाई सम्मान–पत्र प्रदान गरे ।

५ वर्षदेखि शिलापत्र डटकममा आवद्ध कुँवरले विशेषतः सोसल मिडिया, बालबालिका र अल्पसंख्या समुदायबारे रिपोर्टिङ गर्दै आएका छन् । यसअघि गत १३ चैतमा उनी राष्ट्रिय डिजिटल पत्रकारिता अवार्ड २०८१ बाट सम्मानित भएका थिए ।

नेसनल क्यापिटल अवार्डअन्तर्गत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका समाजसेवी, कलाकर्मी र व्यवसायीलाई पनि सम्मान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

१ दिन अघि

(Untitled)

खोजी गर्नुहोस