धादिङ, ०४ बैशाख — वाईसीएल (YCL) नेपाल धादिङ जिल्ला समिति ४७ सदस्यीय पुनर्गठन गरिएको छ। राजन लम्साल (ज्वाला)को अध्यक्षतामा गठन गरिएको नयाँ समितिमा युवा नेतृत्व, संगठनात्मक क्षमता र स्थानीयस्तरको प्रतिनिधित्वलाई प्राथमिकता दिइएको छ।
समितिको उपाध्यक्षमा राजन लामा, मर्कुस घले र शान्ति मगर चयन भएका छन् भने सचिवमा सन्तोष रेग्मी र सह-सचिवमा हरि लामा सहित थप चार जना रहेका छन्। कोषाध्यक्ष भने पछि चयन गरिने र समितिमा कुल ११ पदाधिकारी रहने जनाइएको छ।
पुनर्गठित समितिमा विभिन्न गाउँपालिका, नगरपालिका र वडास्तरका सक्रिय कार्यकर्ताहरू समेटिएका छन्। यस कदमलाई संगठन विस्तार, युवा परिचालन र स्थानीय मुद्दाहरूमा प्रभावकारी भूमिका खेल्न सशक्त आधारको रूपमा हेरिएको छ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जक्कटेलको उपस्थिति रहेको थियो।