गजुरी–४ स्थित पिण्डेश्वरी मा.विमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको भव्य उद्घाटन

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ बैशाख ७, आईतबार (५ घण्टा अघि)
  • ७२ पटक पढिएको

गजुरी–४ स्थित पिण्डेश्वरी मा.विमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको भव्य उद्घाटन

गजुरी, धादिङ –गजुरी गाउँपालिका वडा नं. ४ मा अवस्थित श्री पिण्डेश्वरी माध्यमिक विद्यालयको समग्र विकास तथा कक्षा ११ र १२ सञ्चालनको उद्देश्यले आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको भव्य उद्घाटन सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री माननीय श्री शालिकराम जम्कटेलले पानसमा बत्ती बालेर गर्नुभयो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित उहाँले शिक्षाको गुणस्तर सुधार र आधारभूत पूर्वाधारको विकासका लागि यस्ता धार्मिक र सामाजिक अभियानहरूले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

सो अवसरमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,उपाध्यक्ष शर्मिला बिशुराल,वडा अध्यक्षहरु, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, समाजसेवी, विद्यार्थी तथा भक्तजनहरू को उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख उद्देश्य विद्यालयको भौतिक, शैक्षिक र अध्यात्मिक विकासलाई सहयोग गर्नु रहेको आयोजकले बताएका छन्।

महोत्सवमा श्रीमद्भागवत पाठ, धार्मिक प्रवचन, सांस्कृतिक कार्यक्रमहरू, तथा सामूहिक प्रार्थना जस्ता विविध गतिविधिहरू सञ्चालन हुनेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

२ दिन अघि

(Untitled)

खोजी गर्नुहोस