जापानीज युवा रेडक्रस र नेपाल रेडक्रस सोसाइटी यु.रे.स.आदर्श मा.वि.विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ श्रावण १७, बिहिबार (४ महिना अघि)
  • ३६८ पटक पढिएको

जापानीज युवा रेडक्रस र नेपाल रेडक्रस सोसाइटी यु.रे.स.आदर्श मा.वि.विच अन्तरक्रिया कार्यक्रम  सम्पन्न

गजुरी गाउँपालिका वडा नं.१ स्थित युवा रेडक्रस सर्कल आदर्श मा.विको आयोजनामा जापानीज रेडक्रसबाट युथ एक्सचेञ्ज भिजिट कार्यक्रम अन्तर्गत नेपाल भ्रमणमा आएका जापानीज युवाहरू र नेपाल रेडक्रस सोसाइटी, युवा रेडक्रस सर्कलहरू विचमा अन्तरक्रिया कार्यक्रम गजुरीमा सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय जुनियर तथा युवा विभागको समन्वय र नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको सहयोगमा आयोजना गरिएको कार्यक्रममा युवा रेडक्रस सर्कलले गतिविधिहरु प्रस्तुत गरिएको हो। भने जापानीज युथ सर्कलले बिपद, स्वास्थ्य, सरसफाई, जापानको मौलिक संस्कृति र भेषभुषाका बारेमा प्रस्तुत गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला सभापति दुर्लभ कुमार तामाङले बताउनुभयो।

कार्यक्रमको उद्घाटन युवा रेडक्रस सर्कल आदर्श मा.वि.को अध्यक्ष सुदिप मग्राती अध्यक्षता,गजुरी गाउँपालिका वडा नं.१प्रमुखको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको सभापति दुर्लभ कुमार तामाङको विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी गजुरी उप शाखाका सभापति ज्वारि लाल पाठक ,आदर्श मा.विका प्र.अ.सुरेश कुमार बस्नेत,रेडक्रस शिक्षक नायक रिता पाण्डेको अतिथि र जापानीज रेडक्रसका विशिष्ट व्यक्तिहरु लगायत जापनिज रेडक्रसका विद्यार्थीहरु, विभिन्न रेडक्रस अभियन्ता एवम् बिधार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा युवा रेडक्रस सर्कलले गरेका गतिविधिहरुको बारेमा यु.रे.स.आदर्श मा.वि.का सह नायक शिक्षिका सरस्वती गुरागाइँले सर्कलको जानकारी प्रस्तुतीकरण गर्नुभएको थियो ।

जापनिज रेडक्रसका विद्यार्थीहरुले पनि प्रस्तुतीकरण गरेर जापनिज कला संकृती लाई देखाएको समेत आदर्श मा.विमा शिक्षक नायक रिता पाण्डेले हाम्रो दैनिकलाई बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस