धुनिबेशीको लेदोसहित पहिरो हटाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा

फोटो फाइल तस्बिर।।
  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र २५, मंगलबार (१ हप्ता अघि)
  • ४५ पटक पढिएको

धुनिबेशीको लेदोसहित पहिरो हटाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाइएसँगै काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा दुईतर्फी सवारी सञ्चालनमा आएको छ।

धादिङको धुनिबेसी नगरपालिका- ९ मा सोमबार साँझ लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको राजमार्ग मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए।

दुईवटा एक्सकाभेटर प्रयोग गरी बिहान ३ बजे पहिरो पन्छाएको इन्स्पेक्टर उनले बताए।  पहिरो पन्छाउन करिब पाँच घण्टा लागेको थियो। साँझ ६ बजेदेखि बाटो दुईतर्फी नै अवरूद्ध हुँदा धादिङ र काठमाडौंतर्फ सवारी अवरुद्ध भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस