धादिङकाे गजुरी २ गुम्बाडाँडामा पहिराेमा परेर दुई जना बेपत्ता


धादिङकाे गजुरी २ गुम्बाडाँडामा पहिराेमा परेर दुई जना बेपत्ता

धादिङको गजुरी गाउँपालिका वडा नं.२ गुम्बाडाँडामा पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् ।

बेनिघाट रोराङ गाउँपालिका वडा नं.६ बस्ने ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तोष चेपाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बेलुका ५ बजे माछा मारेर ओढारमा बस्ने क्रममा ओढार माथिबाट आएको पहिरोले दुबैजना बेपत्ता भएका हुन् ।निरन्तर पानी परिरहेकोले बेपत्ता भएका दुबैको खोजी गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यस्तै गजुरी गाउपालिकाको वडा न ७ र ८ को सिमाना भएर बग्ने घट्टेखोलाले बगाउदा दोभानखर्क की ६ वर्षीय बालिका र मोटरसाइकल बेपत्ता भएका छन् । बालिकाको स्थानिय द्वारा खोजि कार्य जारी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस