बिपदमा काम गर्न नसकेको आरोपमा धादिङका एसपी र सिडिओलाई जिम्मेवारीबाट हटाइयो

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ आश्विन १४, सोमबार (३ हप्ता अघि)
  • ५७ पटक पढिएको

Post Thumbnail

गजुरी/जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीलाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो।

धादिङको प्रहरी प्रमुखको जिम्मेवारी एसपी दीपेन्द्र शाहीलाई जिम्मेवारी दिइएको छ। यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पनि फिर्ता गरिसकेको छ।

गृह मन्त्रालयले त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेलाई आइतबार नै फिर्ता बोलाउने निर्णय गरेको हो।

विपद्मा सन्तोषजनक काम गर्न नसकेको भन्दै एसपी र सिडिओलाई एकसाथ जिम्मेवारीबाट हटाइएको हो। धादिङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मन्त्रालयमा कार्यरत सुमन घिमिरेलाई दिइएको छ।

काठमाडौँ आउने मुख्य नाका रहेको धादिङको झ्याप्लेखोलामा पहिरोमा परी ३५ जना यात्रुको ज्यान गएको छ। शुक्रबारदेखि नै उक्त स्थानमा पहिरो खसेर सवारी आवागमन ठप्प हुँदा पनि धादिङका प्रहरी र सीडीओले प्रभावकारी काम गर्न नसक्दा शनिबार साँझ मात्रै दुर्घटनास्थलमा खोज तथा उद्धारको काम सुरू भएको थियो।

शनिबार साँझ त्यहाँ गाडीसँगै पुरिएका १४ जनाको शव फेला परेको थियो। आइतबार थप २१ जनाको शव निकालिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस