मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली नियुक्त

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ आश्विन १८, शुक्रबार (३ महिना अघि)
  • २२३ पटक पढिएको

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली नियुक्त

धादिङ १८ असोज।मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपति डा. प्रदिप ज्ञवाली,रजिष्ट्रार भिमसागर गुरागाइ र संयोजक चिरञ्जिवि चुडाललाई नियुक्ति गरिएको छ।

शुक्रबार सपथ ग्रहण र पद बहाली वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पाल्पाका ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गरेको हो । उपकुलपतिका लागि डा. सुरज मानन्धर र डा. हरिबहादुर खड्काको नाम पनि सिफारिस भएको थियो।

पाल्पा स्थायी घर भएका डा. ज्ञवालीलाई सरकारले चारवर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेको हो। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजीमा मास्टर्स गरेका डा. ज्ञवाली महाराजगन्ज मेडिकल क्याम्पसकाे एसोसिएट प्राेफेसर हुन् ।

डा. ज्ञवाली शिक्षण अस्पतालअन्तर्गतको उक्त क्याम्पसको अनुसन्धान शाखाको प्रमुखसमेत हुन् । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव समेत भएर काम गरिसकेका छन्।

प्रदेशको स्वास्थ्यमन्त्री थापाको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. ज्ञवालीसहित डा. हरिबहादुर खड्का र डा. सुजन मानन्धरलाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको थियो। गत १५ साउनदेखि रिक्त रहेको उक्त पदमा प्रदेश सरकारले दुई महिनापछि डा. ज्ञवालीलाई नियुक्त गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस