पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँ बढ्यो

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ आश्विन ३०, बुधबार (६ दिन अघि)
  • ५९ पटक पढिएको

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँ बढ्यो

नेपाल आयल निगमले लगातार  घट्दै आएको पेट्रोलियम पदार्थको मूल्य यसपटक भने बढाएको छ।

गएराती १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँका दरले बढाइएको हो। मूल्य बढेसँगै तेस्रो वर्ग काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ पुगेको छ।

दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ।त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गअन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ, दोस्रो वर्गअन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ कायम भएको जनाइएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ । यसअघि ३ पटकसम्म मूल्य घटेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस