सेजन अवार्ड ओझालाई, विभिन्न विधामा पुरस्कृत भए आर्थिक पत्रकार

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ मंसिर १६, आईतबार (३ दिन अघि)
  • ४९ पटक पढिएको

सेजन अवार्ड ओझालाई, विभिन्न विधामा पुरस्कृत भए आर्थिक पत्रकार

काठमाडौँ, १५ मंसिर। नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् ।

सेजनको २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ओझालाई १ लाख पुरस्कार राशीको सो अवार्ड प्रदान गरेका हुन् । ओझा क्लिकमाण्डु डटकममा कार्यरत छन् ।

उनले बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटीबारे समाचार लेखेका थिए । सोही समाचारका लागि उनलाई अवार्ड प्रदान गरिएको हो ।

साथै शनिबार नै सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । डा. भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले प्राप्त गरे । प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवरले प्राप्त गरिन् ।

डिजिटल अवार्ड १२ खरी डटकमका कमल धितालले प्राप्त गरे । सो अवसरमा स्वर्णिय सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरुलाई समेत नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस