गल्छि गाउँपालिकाको पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न भएको छ । शुक्रबार देखि छाङेश्वर मन्दिर परिसरमा सञ्चालन भएको उक्त प्रतियाेगितामा ९ वटा माध्यमिक विद्यालयहरुकाे उत्साहजनक सहभागिता रहेको थियो।
उक्त कामर्यक्रममा गल्छी गाउँपालिकाका सरकार प्रमुख एवं गाउँ पालिका अध्यक्ष केदारनाथ खतिवडा ,गा.पा.उपाध्यक्ष भाइकाजी तिवारी, वडा अध्यक्षहरु,शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत धिरज बस्नेत,गल्छी गाउँपालिका पुर्व गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ लगायत समाजसेवी,बुद्धिजीवीहरुको उपस्थित रहेको गल्छी ८ का बाल क्लब सचिव सक्षम नेपालले बताए।
यहि मंसिर १३,१४,१५ गते सम्म भएको उक्त कार्यक्रममा विजेता खेलाडी विद्यार्थीहरुलाई गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा,उपाध्यक्ष भाइकाजी तिवारी र शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत धिरज बस्नेतले ट्रफी,मेडल,प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नु भएको थियो।
गल्छी गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा भएको प्रतियोगितामा पालिका भित्रका ९ विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा सहभागिता जनाएको शिक्षा शाखा प्रमुख धिरज बस्नेतले बताउनु भयो।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ७ स्वर्ण ३ रजत र ५ कास्य सहित राइजिङ भिलेज इङ्ग्लिस बोर्डिङ प्रथम भएको छ।भने स्वर्ण २ रजत ४ कास्य सहित अमन्तादेवी माध्यमिक विद्यालय द्वितीय र ४ स्वर्ण ७ रजत ५ कास्य सहित जनकल्याण माध्यमिक विद्यालय तृतीय भएका छन् ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |