प्रधानमन्त्री ओलीको नेतृत्वमा ७८ सदस्यीय टोली चीन प्रस्थान

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ मंसिर १७, सोमबार (१ दिन अघि)
  • ४१ पटक पढिएको

प्रधानमन्त्री ओलीको नेतृत्वमा ७८ सदस्यीय टोली चीन प्रस्थान

काठमाडौँ १७,मंसिर।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ७८ सदस्यीय भ्रमण टोलीले चीनसँग दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यसहित आज चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ। टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ जना सहभागी छन्।

प्रधानमन्त्री ओली आज बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानमार्फत चीनतर्फ प्रस्थान गरेका हुन्। टोली साँझ ६:१० बजे बेइजिङ पुग्ने कार्यक्रम छ।

भ्रमणको पहिलो दिन मंसिर १८ गते, चिनियाँ समकक्षी ली छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन्। सोही दिन दुईपक्षीय वार्ता र विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय गरिएको छ। मंसिर १९ गते, प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नेछन्। त्यस्तै, नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन र एक ऐतिहासिक सङ्ग्रहालयको भ्रमण पनि हुने छ।

भ्रमणको तेस्रो दिन मंसिर २० गते, प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गर्नेछन्। त्यसका साथै, चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उच्चस्तरीय छलफल हुनेछ।

प्रधानमन्त्री ओलीको यो भ्रमणले नेपाल-चीन सम्बन्धलाई थप सुदृढ गर्दै आर्थिक, व्यापारिक, र सांस्कृतिक सहयोगका नयाँ सम्भावनाहरू खोज्ने विश्वास गरिएको छ। टोली २० गते अपराह्न साढे २ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस