गजुरी।धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेको कालिका माध्यमिक बिधालयलाई एकीकृत छात्राबास समुद्धघाटन गर्न लागिएको हो।सात वटा बिधालय मर्च गरेर एकीकृत छात्राबास समुद्धघाटन गर्न लागिएको हो।
“समृद्धि समावेशी र सुखी बेनीघाट रोराङको आधार:कृषि,शिक्षा,स्वास्थ्य,उधोग,सुशासन र पुर्वाधार नाराका साथ मंसिर २७ गते वडा नं. ८ मा रहेको कालिका माध्यमिक विद्यालयमा सञ्चालन हुन लागेको एकीकृत छात्राबासको समुद्धघाटन समारोहमा प्रमुख अतिथिको रूपमा पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बागमती प्रदेशका पुर्व मुख्यमन्त्री शालिकराम जम्कटेल आउने भएको छ ।
उक्त एकीकृत छात्राबास समुद्धघाटन तथा चैलिङ होमस्टे ,एसियाकै ठुलो मानिएको नोहक गुफा क्षेत्रलाई पर्यटन गन्तव्य बनाउन बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा हुने उक्त कार्यक्रम कालिका माध्यमिक विद्यालयको प्राङगणमा हुने भएको छ ।
रोराङ गाउँपालिकाले सूचना जारी गर्दै सम्पुर्ण राजनितिक दल निजी क्षेत्र, शिक्षक,आमासमुह, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रमीहरु लगायत सम्पुर्ण जनसमुदायलाई उपस्थितिको लागि आग्रह समेत गरेको छ ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |