काठमाडौँ पौष ११ बिहिवार।प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी माघ १५ गते हुने भएको छ ।
आज बिहान भर्चुअल रुपमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले पाँचौ राष्ट्रिय महाधिवेशनको मिति निश्चित गरेको हो ।त्यसअघि माघ ५ गतेसम्म प्रदेश अधिवेशन र पुस २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।
त्यसपछि माघ १५ गते मङगलबार स्थापना दिवसकै दिन केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको महासचिव सन्तोष पौडेलले जानकारी दिए ।राष्ट्रिय महाधिवेशनले प्रेस सेन्टरको नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।
यसअघि २०७८ सालको मंसिरमा चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनबाट विष्णु सापकोटा (जुगल) अध्यक्ष चुनिएका थिए ।