गजुरीको डोलभन्ज्याङ मा.वि.ले लगातार तेस्रो पटक जित्यो: खेलकुदमा ग्रामिण भेग अब्बल


गजुरीको डोलभन्ज्याङ मा.वि.ले लगातार तेस्रो पटक जित्यो: खेलकुदमा ग्रामिण भेग अब्बल

धादिङ ।डोलभन्ज्याङ माध्यमिक विधालय गजुरी-५ धादिङ द्वारा आयोजना गरिएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट पुरस्कृत विद्यार्थीहरुलाई शुभकामना तथा सम्मान कार्यक्रम सप्पन्न भएको छ।

कार्यक्रम प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, विशिष्ट अतिथी गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल,वडा अध्यक्ष,बिधालय ब्यबस्थापन समितिका अध्यक्ष एवं  पदाधिकारी अभिभावक,बुद्धिजीवी,समाजसेवी,शिक्षक/शिक्षिका विद्यार्थीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न गरिएको बिधालयका प्रधानाध्यापक अशोक कुमार घिमिरेले बताए।

गजुरी गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डोलभन्ज्याङ माध्यमिक बिधालयले लगातार तेस्रो पटक जित हासिल गरेर मेडल लेराउन सफल भएको समेत बिधालय ब्यबस्थापन समितिका अध्यक्ष प्रमोद राज रुपाखेतीले बताउनुभयो।

यस माध्यमिक बिधालयमा नवगठित खेलकुद अक्षय कोष स्थापना गरेका छ्न्।भने गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठबाट पाँच हजार सहयोग र बिधालय ब्यबस्थापन समितिका अध्यक्ष प्रमोद राज रुपाखेती,प्रधानाध्यापक अशोक कुमार घिमिरे,समाजसेवी सहयोगी दाता बुद्धिजीवी, खेलप्रेमी शिक्षक जनप्रतिनिधि शिक्षक/शिक्षिका विद्यार्थीहरुले अक्षय कोषमा एकाउन्न हजार उठाएका छ्न्।

उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कृत गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्य सहित गजुरी गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जेहेन्दार तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक तथा प्रधानाध्यापक र उत्कृष्ट शैक्षिक क्रियाकलाप गर्ने विद्यालय मध्ये डोलभन्ज्याङ मा.वि.ले स्वर्ण १३ रजत ११ कास्य ६ गरि ३० पदक लेराएर प्रथम भएकोमा बधाई दिदै जिल्ला स्तरीय,प्रदेश स्तरीयमा जितको शुभकामना समेत दिएका छ्न्।

पालिका अध्यक्ष श्रेष्ठका अनुसार उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो।

यसै गरि सद्भाव गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लि.गजुरीका अध्यक्ष अरुण पराजुली र ब्यबस्थापन बासुदेव सुबेदिले हाल सम्पन राष्ट्रपति रनिङ शिल्डमा बिजेता स्वर्ण र कास्य लेराउने खेलाडीलाई पन्ध्र हजार र बिपन्न विद्यार्थीलाई दस हजारको चेक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष प्रमोदराज रुपाखेती र प्रधानाध्यापक अशोक कुमार घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो।

पालिका भरिको उत्कृष्ट विद्यालयको रूपमा डोलभन्ज्याङ माध्यमिक विद्यालय गजुरी गाउँपालिका वडा नम्बर ५ च्याङ्लीका शिक्षक,विद्यार्थी,अभिभावकहरुलाई सम्मान गरिएको छ । पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन गर्न शिक्षकलाई सम्मान गरिएको हो ।

सम्मानको कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने र अब पठनपाठनमा जोड दिदै अघि बढ्ने बिधालय परिवारले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस