गजुरीको कंकालिनी आ.वि.का अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण


गजुरीको कंकालिनी आ.वि.का अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

धादिङ।गजुरी गाउँपालिका वडा नं.३ स्थित कंकालिनी आधारभुत बिद्यालयका १-८ मा अध्ययनरत १६६ जना छात्र/छात्राहरुलाई जाडो महिनाको न्यानो कपडा वितरण गरेका छ्न।

रोटरी क्लब अफ धादिङको सहयोग र नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय धादिङको सहकार्य तथा समन्वयमा गजुरी गाउँपालिका वडा नं.-३ मा स्थित कंकालिनी आधारभूत बिधालयका पूर्व विद्यार्थी तथा समाजसेवी बासुदेव सुवेदीको पहलमा बिधालयका कक्षा १ देखि ८ सम्मका १६६ जना अध्ययनरत विद्यार्थीहरुलाई जाडो महिनाको न्यानो कपडा स्विटर, टोपी ,जुत्ता र मोजा वितरण गरिएको बिधालयका नि . प्रधानाध्यापक इश्वरी बस्नेतले बताइन् ।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले सहयोगी संस्था रोटरी क्लबलाई गजुरी गाउँपालिका सरकारको तर्फबाट धन्यवाद दिदै अब आउने दिनहरुमा पालिका भित्र बिधालयलाई आवासीय मोडलमा लैजाने बताए।

यस आधारभूत बिधालयमा चेपाङ र तामाङ जातिका बच्चाहरु धेरै पढ्छन् ।शिक्षामा सुधार गर्नु पर्छ भनेर गजुरी गाउँपालिका सरकार लागेको छ।अब आउने दिनमा कुनै संस्थाको खोजिमा हिड्नु नपर्ने र बिधालयको सम्पुर्ण जिम्मेवारी गजुरी गाउँपालिका लिने बताए।

गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले विभिन्न सङ्घ संस्थाहरुबाट विद्यालयमा गरिने सहयोगले हौसला प्रदान हुनुको साथै विद्यार्थीको गुणस्तरीय नतिजा निकाल्न सहयोग पुग्ने बताउनुभयो।

गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारीले कपडा वितरण कार्यक्रममा मन्तव्य राख्दै शिक्षा स्वास्थ्य खानेपानी कृषि क्षेत्रमा गजुरी गाउँपालिका सरकारले जोड दिएको छ।गजुरी-३ का वडा अध्यक्ष ऋषिलाल श्रेष्ठले यस क्षेत्रमा चेपाङ जातिका बालबच्चा पढ्छन् ।राम्रो र उत्कृष्ट अङ्क लेराउने विद्यार्थीलाई पुरस्कर सहित सम्मान गर्दै आएका बताउदै अब आउने दिनमा पढनको लागि निशुल्क शिक्षा रहेको समेत बताए।

समाजसेवी एवं पूर्व बिद्यार्थी बासुदेव सुवेदीले बिधालय राम्रो हुन विद्यार्थी राम्रो मात्र भएर भएन हुन् अभिभावक,शिक्षक बिधालय ब्यबस्थापन समितिको चासो सहयोग समर्थन हुनुपर्छ।जिल्लाको विभिन्न ठाउँहरुमा रोटरी क्लबले कार्यक्रम गर्दै आएको छ।यस्तै सहयोग निरन्तर रहिरहन्छ।यस्ता कार्यक्रमले बिपन्न परिवारमा ठूलो राहत मिल्छ।

आइतबार न्यानो कपडा वितरण कार्यक्रममा रोटरी क्लब अफ धादिङका अध्यक्ष सुदिप रसाइलीको सभापतित्व, प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,विशिष्ट अतिथी जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख सुमन घिमिरे, एस. एस पि , डी एस पी, शसस्त्र प्रमुख, गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल,गजुरी -१ र ३ का वडा तारानाथ भण्डारी,ऋषिलाल श्रेष्ठ, शिक्षक अभिभावकको उपस्थितिमा वितरण गरिएको समाजसेवी बासुदेव सुबेदीले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस