धादिङ ।नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति धादिङको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
प्रेस सेन्टरका निर्वतमान अध्यक्ष राजन अधिकारीको अध्यक्षता र प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद सापकोटा (जुगल) को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनबाट सामुदायिक रेडियो रेडियो बिहानीका स्टेशन म्यानेजर निर बहादुर तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
जसको खुल्ला उपाध्यक्षमा सन्दिप स्यामचेन, महिला उपाध्यक्षमा दीपा लम्साल, सचिवमा विक्रम अधिकारी, खुल्ला सहसचिवमा सन्तोष परियार, समावेशी सह सचिवमा प्रेम नेपाली र कोषाध्यक्षमा गजेन्द्र गुरुङ चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा खुल्ला महिला सदस्य रचना श्रेष्ठ, दलित सदस्य रविना वि.क, आदीवासी जनजाती सदस्य दिनेशलाल श्रेष्ठ र खुल्ला सदस्य तर्फ सन्तोष सुवेदी चयन भएका छन् ।
कार्यक्रममा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्प विक्रम मल्ल,निर्वतमान मुख्यमन्त्री तथा केन्द्रिय सदस्य शालिकराम जम्मकट्टेल, केन्द्रिय सदस्य राम बहादुर भण्डारी,प्रदेश सह–सचिवमा बिजय बुर्लाकोटी, जिल्ला संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक बिश्वकर्मा,नेपाल पत्रकार महासंघ धादिङ शाखाका सभापति सिताराम अधिकारी, लगायतको आतिथ्यता रहेको थियो ।
सम्मेलनको अवसर पारेर प्रेस सेन्टर धादिङले सेन्टरको तर्फबाट पत्रकार महासंघमा कोषाध्यक्ष पदमा निर्वाचित बद्री अधिकारी,जनप्रतिनिधिमा निर्वाचित रमेश प्रसाद आचार्य, रविज्वाला क्रियाशिल पत्रकारिता पुरस्कारबाट नारायण सिलवाललाई सम्मान तथा पुरस्कृत गरिएको हो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |