धादिङ । भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै रुवी भ्याली गाउँपालिकाका कराँते खेलाडीहरुले उत्कृष्ट प्रदर्शन सहित गोल्ड मेडल ल्याउन सफल भएका छन् ।
रुवी भ्याली गाउँपालिकाको समन्वय र सहयोगमा दोङदेन मा.वि, च्याम्रादेवी मा.वि र लापा माध्यमिक विद्यालयबाट जम्मा १२ खेलाडी र ३ प्रशिक्षक सहितको १५ जनाको टोली भारत पुगेको थियो ।
खेलाडीहरुले प्राप्त गरेको विवरण : प्रनिल घले ३० केजी तौल गोल्ड, विवेक तामाङ ४५ केजी गोल्ड, जोसिला तामाङ ४० केजी गोल्ड, कृस माया तामाङ ४० केजी गोल्ड, डिलरुपा तामाङ ५० केजी गोल्ड, म्यारि तामाङ काटा डेमो तर्फ गोल्ड, अनिस्का तामाङ ३० केजी कास्य तथा काटा डेमो तर्फ गोल्ड, प्रकति तामाङ ३५ केजी गोल्ड, प्रशान्त तामाङ ५० केजी कास्य र विशाल तामाङले ५० केजी तर्फ ब्रोन्ज मेडल प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा आएर खेलाडीहरुले खेलेको कराँते प्रतियोगिताले देशको सान बढाउनुका साथै खेलाडीहरुको हौसला बढनु र नयाँ अनुभव लिन ठुलो महत्व भुमिका खेलेको प्रशिक्षक ओमो तामाङले बताउनुभयो।
रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बिदाई गर्दै खेल खेल्दा अनुसाशनमा रहेर खेल्न र विजेताको शुभकामना समेत दिएर पठाइएका थिए।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |