त्रिवेणीका गाउँपालिकाको किसानले गरे ६ करोडको अदुवा बिक्री

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ माघ ८, मंगलबार (१ दिन अघि)
  • ४७ पटक पढिएको

त्रिवेणीका गाउँपालिकाको किसानले गरे ६ करोडको अदुवा बिक्री

त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। किसानहरूको सङ्ख्या घटे पनि उत्पादनको मात्रा र आम्दानी बढेको छ। १९५ हेक्टर क्षेत्रफलमा १५.६ मेट्रिक टन अदुवा उत्पादन भएको छ, जसबाट करिब ६ करोड रुपैयाँको व्यापार भएको छ।

प्रत्येक रोपनीमा चार क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको र किसानले प्रतिक्विन्टल ३८०० रुपैयाँभन्दा बढीमा बिक्री गरेको उल्लेख छ। नरबहादुर खड्का र कमलप्रसाद घर्तीजस्ता किसानले राम्रो आम्दानी गरेका छन्। उत्पादनमा गिरावटको कारण मौसम परिवर्तन र मलको अभाव हुन सक्ने अनुमान गरिएको छ।

त्रिवेणीमा अदुवाखेतीले आर्थिक सुधारमा टेवा पुर्‍याइरहेको र बजारको समस्या नरहेको स्थानीय कृषि शाखाले जानकारी दिएको छ।

त्रिवेणी-६ बाँठाकोटका कृषकका अनुसार यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताए। अदुवा गाउँबाटै प्रतिक्विन्टल पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल १२ हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिएका छन्।

‘पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पदान घटेर तीन क्विन्टलसम्म हुन्छ। मौसममा आएको परिवर्तन, मल अभावल गायत कारणले उत्पादन घटेको हुनसक्छ’, उहाँले भन्नुभयो । घर्तीले अदुवाका साथै सुन्तला र किभीको पनि खेती गर्दै आएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस