चीनको ताइवानस्थित ताइनान शहरमा मङ्गलबार राति १२:१७ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको छ।
भूकम्पबाट भत्किएको ताइनान सहरको नान्क्सी जिल्लामा रहेको घरको भग्नावशेषबाट उद्धार गरेर ६ जना घाइते अस्पताल पठाएका छ्न् ।
चीन भूकम्प नेटवर्क केन्द्रले दिएको जानकारीअनुसार, भूकम्पको केन्द्रबिन्दु २३.२४ डिग्री उत्तर अक्षांश र १२०.५१ डिग्री पूर्व देशान्तरमा, १४ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पको झट्का राजधानी ताइपेइमा समेत १० सेकेन्डभन्दा बढी समयसम्म महसुस गरिएको छ। स्थानीय अधिकारीहरूले भूकम्प पछिका थुप्रै पराकम्पनहरू जारी रहेको जनाएका छन्।