सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो फागुन २ देखि काठमाडौंमा

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ माघ २७, आईतबार (१ महिना अघि)
  • १८८ पटक पढिएको

सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो फागुन २ देखि काठमाडौंमा

काठमाडौं -सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो फागुन २, ३ र ४ गते काठमाडौमा हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि.फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.दि.को संयुक्त आयोजनामा फागुन २, ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

प्रदर्शनीमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरु रहनेछन् । प्रदर्शनीमा एक सय बढी स्टल स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँले प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले साना–साना औजार,मेसिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरु प्रदर्शनीमा राखिने बताउनु भयो । उहाँले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने विश्वास रहेको जानकारी दिनुभयो । प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहेको बताउनु भयो ।

उहाँले प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भइ कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउने विश्वास रहेको बताउनु भयो ।

उहाँले प्रदर्शनीमा कुखुरापालन,माछापालन,बाख्रापालन,गाईभैँसी पालन, डेरी,कृषिका मेसिनरी औजार–उपकरण भेटेनरी,खाद्य प्रविधि बारेमा जानकारी गराइने बताउनु भयो । प्रदर्शनीमा फरक–फरक समूहका स्टलहरु रहने बताउनु भयो । उहाँले मेलामा देशभरबाट बढी भन्दा बढी अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य रहेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस