जिल्ला खेलकुद विकास समितिले फ्युबा फिट्नेस तेक्वान्दो डोजाङका खेलाडीहरूलाई बेल्ट ग्रेडिङ वितरण

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ माघ २८, सोमबार (१ महिना अघि)
  • १०७ पटक पढिएको

जिल्ला खेलकुद विकास समितिले फ्युबा फिट्नेस तेक्वान्दो डोजाङका खेलाडीहरूलाई बेल्ट ग्रेडिङ वितरण

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसी बिच बजारमा फ्युबा फिट्नेस तेक्वान्दो डोजाङका खेलाडीहरूलाई प्रथम डान ब्याल्क बेल्ट ग्रेडिङ वितरण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङ, राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष गणेशकुमार श्रेष्ठ, र कबड्डी संघ धादिङका सचिव महेन्द्र ढुंगानाले बेल्ट र प्रमाणपत्र वितरण गरे।

सम्मानित खेलाडीहरुमा सुजन सिंं ठकुरी, सन्देश तामाङ, इशाक तामाङ, सुजन घले, मर्कुश तामाङ, संगम कँडेल, कुशल श्रेष्ठ र बिबेक खकुराललाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले प्रथम डान ब्याल्क बेल्ट र प्रमाणपत्र वितरण गरेका हुन्।

प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले खेलकुद क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।तेक्वान्दो खेलाडीहरूको उन्नति र खेलकुद क्षेत्रको विकासका लागि तीन तहको सरकारको सहकार्य आवश्यक रहेको बताए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस