रुवीभ्यालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि देखि सुरु समापन जिल्ला खेलकुद अध्यक्ष तामाङले गर्ने

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ फागुन १३, मंगलबार (१ दिन अघि)
  • १६० पटक पढिएको

रुवीभ्यालीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि देखि सुरु समापन जिल्ला खेलकुद अध्यक्ष तामाङले गर्ने

धादिङ । रुवीभ्याली गाउँपालिकामा फागुन १४, १५ र १६ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। वडा नम्बर ५ स्थित लापा माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा गाउँपालिका स्तरीय विद्यालयहरूबीच एथलेटिक्स, भलिबल, कबड्डी लगायतका खेलहरूमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्।

रुवीभ्याली गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष रामसिंह तामाङको प्रमुख आतिथ्यतामा हुनेछ भने समापन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ प्रमुख अतिथि रहने भएको छ।

प्रतियोगितामा गाउँपालिकाका सबै वडाका विद्यालयहरूको सहभागिता रहनेछ। पालिकाको राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जिल्ला स्तरीय प्रतियोगितामा समेत सहभागिता गराइनेछ छन भने बिजयी विद्यालयहरुलाई शिल्ड ट्रफी मेडल तथा नगद सहित पुरस्कार समेत प्रदान गरिनेछ ।

प्रतियोगिताले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै खेलकुद मार्फत भाइचारा र एकताको सन्देश फैलाउने विश्वास लिएको छ। साथै, विद्यार्थीहरूमा अनुशासन, शारीरिक तन्दुरुस्ती र आत्मविश्वासको वृद्धि हुने अपेक्षा गरिएको छ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस