अखिल नेपाल व्युटिसियन श्रमिक संघ धादिङको अध्यक्षमा रिता थापा र सहसचिवमा कमला लामा निर्वाचित


अखिल नेपाल व्युटिसियन श्रमिक संघ धादिङको अध्यक्षमा रिता थापा र सहसचिवमा कमला लामा निर्वाचित

धादिङ २५,फागुन। गजुरी गाउँपालिका वडा नम्बर १ गजुरीमा अखिल नेपाल व्युटिसियन श्रमिक संघको ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस एवं प्रथम धादिङ जिल्ला सम्मेलन सप्पन्न भएको छ।

शनिबार नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल नेपाल व्युटिसियन श्रमिक संघको आयोजना कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी रहेका थिए ।भने विशेष अतिथी गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ ,अखिल नेपाल व्युटिसियन श्रमिक संघकी केन्द्रिय अध्यक्ष साबित्रा आचार्य हुनुहुन्थ्यो।

साथै अतिथि गजुरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तारानाथ भण्डारी सामाजिक बिकास मन्त्रालय गजुरीकी सूचना अधिकारी सुशीला सुवेदी,अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) प्रदेश स-सचिव दिपा कडेल,जिल्ला सचीव सुनिता पाण्डे लगायत महिलाहरुको उपस्थित रहेको थियो।

अखिल नेपाल व्युटिसियन श्रमिक संघको ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस एवं प्रथम धादिङ जिल्ला सम्मेलनबाट अध्यक्षमा रिता थापा र सचीवमा मन्जु दाहाल निर्वाचित भएकी हुन्।भने उपाध्यक्ष नबिना थापा,चादनी श्रेष्ठ,कोषाध्यक्ष पशुपति श्रेष्ठ, र सह-सचीवमा कमला लामा र गरिमा लामिछाने चयन भएकी छन्।

साथै सदस्यमा सरिता नेपाल,सुनिता बस्नेत,लक्ष्मी थापा भण्डारी,दुर्गा श्रेष्ठ,सकुन चेपाङ,सुजिता अधिकारी,दिपा अर्याल,अञ्जली डंगोल,भावना सापकोटा,मिरा लामा सहित २१ सदस्यीय चयन भएको अखिल नेपाल व्युटिसियन श्रमिक संघकी केन्द्रिय अध्यक्ष साबित्रा आचार्यले बताइन्।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको निर्वाचित अखिल नेपाल व्युटिसियन श्रमिक संघ धादिङकी अध्यक्ष रिता थापाले बताइन्।

यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।
त्यही दिनको आन्दोलनको सुरुआत र महिला अधिकारको लडाइँको थालनीलाई स्मरण गर्दै विश्वभर मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाइन थालिएको हो । यो दिनलार्ई अन्तर्राष्ट्रिय नारी दिवस पनि भन्ने गरिन्छ ।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस