धादिङ।”रक्तदान जीवन दान” भन्ने मुल नाराका साथ गजुरी गाउँपालिका वडा नम्बर १ मा नेपाल रेडक्रस सोसाइटी गजुरी उप-शाखा द्वारा आयोजित रक्तदान कार्यक्रम आदर्श माध्यमिक बिधालय जाने चोक गजुरीमा हुने भएको छ।
गजुरी बजारमा फागुन २६ गते भोलि नेरेसो गजुरी उप-शाखा द्वारा आरक्तदान कार्यक्रममा गजुरी सामुदायिक विकास समाज, गजुरी रुद्रेश्वर आमा समूह, नेपाल रेडक्रस सोसाइटी, युवा रेडक्रस सर्कल, आदर्श बहुमुखी क्याम्पस गजुरीले सहकार्य गरेका छन्। यस किसिमका सामाजिक कार्यहरूले समुदायमा सकारात्मक प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
साथै प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङ,रक्त संचार केन्द्र धादिङ र मिडियाबाट युनिक एफएम गजुरी रहेको नेपाल रेडक्रस सोसाइटी गजुरी उप-शाखाका सदस्य प्रताप खरेलले हाम्रो दैनिकलाई बताउनुभयो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |